२०७२ सालको महाभूकम्प पछि नेपाल सरकारले जनताको सुरक्षाको लागि घरजग्गा सम्बन्धी विभिन्न नयाँ कानून ल्याएको छ ।

 यदि तपाईं नयाँ घर बनाउने सोचमा हुनुहुन्छ भने तल दिइएका बुँदाहरुमा ध्यान पुराउनु होला ।

२.८ आना कम्तिको जग्गामा नयाँ घर बनाउन शक्त मनाही

-१० मीटरसम्म उचाही भएका बिल्डिंग बाटोबाट कम्तिमा १.५ मीटरको दुरीमा बनाउनु पर्ने

- कम्पाउण्ड पर्खालको उचाही ४ फीट भन्दा बढी राख्न नपाइने

- आफ्नो घरको सुरक्षा ४ फीटको पर्खालले जोखिममा हुन्छ भने सो

- ४ फीटको पर्खालको उचाही बाहेक ३ फीटसम्मको वायर (Barbed Wire) राख्न पाइने

- ३ तलाभन्दा बढी उचाहीका दुइटा घरको बीचको दूरी कम्तिमा पनि १.५ मीटर हुनपर्ने

- १७ मीटरसम्म उचाही भएका पब्लिक बिल्डिंग रोडबाट कम्तिमा ३ मीटरको दूरीमा हुनपर्ने

- १७ मीटरसम्म उचाही भएका व्यक्तिगत बिल्डिंग रोडबाट कम्तिमा २ मीटरको दूरीमा हुनपर्ने

- १७ मिटरभन्दा बढी उचाही भएका बिल्डिंग रोडबाट कम्तिमा ५ मीटरको दुरीमा हुनपर्ने

- जिर्ण पर्खाल भेट्टाइएमा तुरुन्त भत्काइने 

- जग्गासँग जोडिएका मेन रोडको चौडाहा कम्तिमा पनि ८ मीटर हुनपर्ने

- हरेक टोलमा कम्तिमा एउटा जग्गाको प्लट भूकम्प आएको खण्डमा सुरक्षा पाउन छुट्टाउन पर्ने

- कानूनलाई मध्यनजर नराखी मनपरी नक्शा पास गर्ने इन्जिनियरहरु ब्ल्याक लिस्ट गरिने

कृपया जनचेतनाको लागि सेयर गर्न नभुल्नु होला ।

for more information about land and house visit us: www.epropertynepal.com

No of views: 3138

Published on 13, February 2017 by Nishant Acharya