बिगत केहि वर्ष देखि निकै व्यवसायहरुले अनलाइन मार्फत ग्राहकहरु तान्ने देखि लिएर सिधै फेसबुक पेज मार्फत एउटा सानो जुत्ता होस् वा सिङ्गै घर जग्गा नै बिक्री वितरण गर्दै आएका छन् । तर घर जग्गाको लगानी जुत्ता जस्तो सानो हुदैन । बर्षौं वर्ष देखि दुख गरेर कमाएको आमदानी सोच्दै नसोची लगानी नगर्नुहोस्, उचित वेबसाइट र फेसबुक पेजको विज्ञापनको आधारबाट मात्रै खरिद गर्नुहोस् ।
यी टिप्सको सहायता लिई मात्रै घर जग्गा अनलाइन बाट किन्नु होला : 

१. मापदण्ड अनुसारको घर 
के तपाईंले अनलाइन देख्नु भएको घर मापदण्ड अनुसार निर्माण भएको छ? यदि छैन भने सरकारद्वारा कडा कारवाही हुनेछ । घर धनि सँग मापदण्डको कागजात मागी ध्यान पुराएर सबै खण्डहरु मुल्यांकन गर्नु होला । 

२. भूकम्प प्रतिरोधात्मक 
घर निर्माण गर्न प्रयोग भएको सिमेन्ट, रड, इट्टा लगायत सम्पूर्ण सामग्रीले घर कत्तिको मजबुत छ भने पत्ता लगाउन सकिन्छ । यस लगायत भूकम्प प्रतिरोधात्मक डिजाइन अनुसार बनेको छ कि छैन पनि विचार गर्नु होला । 

३. घरको सुविधाहरु 
यस अन्तर्गत घरको ढल, पानि, बिजुली, आदिको सुविधा भएको घर रोज्नु अति आवश्यक छ । कतिपय घरधनीहरुले तपाईंलाइ यस्तो कुराहरु बारेमा गलत जानकारी दिन सक्छन । छरछिमेकमा गएर सुविधा कत्तिको सहज छ भनेर सोधी बुझ्न सक्नुहुन्छ । 

४. गाउँ-टोलका सुविधा 
तपाईंको छोराछोरीलाइ घर नजिकै स्कुल र कलेजको सुविधा भए गाडी भाडामा बचत हुन साथै आवत जावत गर्न निकै सजिलो हुन जान्छ । यदि तपाईंको परिवारमा कोही बिरामी हुनुहुन्छ भने घर नजिकै हस्पिटल अथवा क्लिनिक भए आकस्मिक बेलामा निकै सहायता हुन्छ । यस्ता कुराहरुमा पनि बिशेष ध्यान पुराउनु होला ।

५. प्रदूषण मुक्त बातावरण 
ढल गनाउने, धुलो उड्ने, गाडीको आवत जावत अत्यधिक चाप हुने जस्ता ठाउँले तपाईंको स्वास्थ्यलाई निकै हानि पुराईरहेको हुन्छ । यस्तो बातावरणमा भएका घरहरु सफा र स्वच्छ राख्न पनि गाह्रो पर्दछ । सके सम्म यस्ता समस्याहरु मुक्त भएको वातावरणमा स्थित रोज्नु उचित हुन्छ । 

यदि तपाईंलाइ यो पोस्ट मन परेमा शेयर गर्न नभुल्नु होला । 
 

No of views: 2777

Published on 11, May 2017 by Nishant Acharya