भनिन्छ वास्तुशास्त्र अनुसार बनेको घर शंकटको पहुच बाट टाढा हुन्छ । आजको शृंखलामा eProperty Nepal ले तपाईंलाइ ल्याएको छ ५ ओटा महत्वपूर्ण वास्तुशास्त्र अनुसारका ग्यान जुन तपाईंको घरभित्र सकारात्मक परिवर्तन ल्याउन मदत गर्दछन:

१. घर नबन्दै गरिने पूजा

वास्तुशास्त्र अनुसार घर बनाउने भूमिलाइ सर्वप्रथम पूजा गरे पछी मात्रै काम अघि बढाउनु पर्छ । यस्तो पूजा लाइ "भुमि पूजा" भनिन्छ ।

२. घरको मूल द्वार

घाम उदाउने दिशा, पूर्व तिर घरको मूल द्वार फर्केको हुनु पर्ने वास्तुशास्त्रको विश्वास छ ।  यो गर्नुको कारण सूर्य देवताले प्रदान गर्ने सकारात्मक सोचाई र घर लाइ उज्यालो बनाउने ज्योतिको भूमिकामा लुकेको छ । 

३. भान्सा कोठा

वास्तु अनुसार भान्सा कोठाको स्थान दक्षिण-पूर्व कुनामा भएको हुनु पर्दछ । तर तपाईंले पकाउदा फर्किनु पर्ने दिशा भने पूर्व हुनु पर्छ । अर्को ध्यान पुराउने कुरा चाही किचेनको स्थान घर को मुख्य ढोका सँगै हुनु हुदैन ।

४. मुख्य सयनकक्ष

घरको मुख्य सयनकक्ष अर्थात् "master bedroom" को स्थान दक्षिण-पश्चिम कुनामा हुनु उचित मानिन्छ । बुँदा न. २ र ३ अनुसार घर बनेको छ भने तपाईं सुतिरहनु भएको बेलामा भान्सा बाट आउने बास्ना अथवा हल्लाले कुनै कठिनाई आउदैन ।

५. शौचालय

वास्तु र स्वास्थ्यज्ञान, दुवै अनुसार शौचालय एक महत्वपूर्ण कुरा हो । शौचालयको स्थान घरको उत्तर-पश्चिम कुनामा भएको उचित मानिन्छ । यदि कोठा सँगै जोडिएको शौचालय छ भने त्यसको स्थान कोठाको उत्तर-पश्चिम कुनामा बनाउनु होला । यदि यो गर्नु कठिनाई भएमा दक्षिण-पूर्व हुदा पनि फरक पर्दैन ।

अर्को महत्वपूर्ण ध्यान पुराउने कुरा भने शौचालय, भान्सा कोठा र पूजा कोठा सँग-सँगै नजोडिएको उचित मानिन्छ । वास्तुशास्त्र अनुसार सबै खण्ड हरु पुरा गर्न गाह्रो भए पनि सके सम्म माथि लेखिएका कुरा हरु अनुसार घर बनाउन ध्यान पुराउनु होला । 

यदि तपाईंलाइ यो शृंखला मन पर्यो भने शेयर गर्न आग्रह गर्दछौं । घरजग्गा सम्बन्धी यस्तै ग्यान पाउनका लागि हाम्रो फेसबुक पेज लाइक गर्नु होला --> https://www.facebook.com/epropertynepal/

 

 

No of views: 5998

Published on 16, April 2017 by Nishant Acharya