आजकल अनलाइन मार्फत नै घर जग्गा बिक्री हुने गरेको छ । तर बिक्रीकर्ताहरुले फोटो खिच्दा धेरै कुरामा ध्यान पुराउनु पर्ने हुन्छ  eProperty Nepal ले आजको ब्लग पोस्टमा तपाईंको लागि ल्याएको छ ५ टिप्स जसले गर्दा घर जग्गाको फोटो आकर्षक देखिन सहयोग गर्छ ।


१. सके सम्म बसन्त ऋतुको मौसम पारेर फोटो खिच्नुहोस्:

हरियाली छाउने मौसम बसन्त ऋतुमा प्राकृतिक रुपमा तपाईंको घर आवस्य पनि आकर्षक देखिन्छ । सुक्खायामको बेलामा सुकेका बोट बिरुवाको दृस्टीले गर्दा उज्यालो घर पनि उराठलाग्दो देखिन सक्छ ।

२. ध्यान अल्मल्याउने अनावश्यक कुराहरु हटाउनु:

जब कुनै खरिदकर्ताले तपाईंको घर जग्गाको फोटो हेर्दछन्, उनको ध्यान केवल तपाईंको घर जग्गामा केन्द्रित हुन जरुरी छ । आगन, बरण्डामा लुगा सुकाएको, झ्याल भएको ठाउँमा जथाभावी बोत्तल राखेको, ढोका अगाडी कुचो तेर्साएको, आदि जस्ता लथालिङ्ग व्यवस्थापन भएको घर राम्रो हुदा हुदै पनि अनाकर्षक देखिने गर्दछ । यस्ता कुराहरुमा विचार पुराउन नभुल्नु होला ।

३. घरको मोहोडा तर्फ घाम पर्ने समयमा खिच्नु:

धेरै फोटाहरुमा जताततै छायाँले छेकेर न त घरको असली रङ्ग देखिन्छ, न त घरको सौन्दर्यता झल्कन पाउछ । घामको प्राकृतिक उज्यालोको फाइदा उठाउनुहोस् र घरको मोहोडामा घाम पर्ने बेला फोटो खिची प्रस्ट र सुन्दर फोटो पाउनु हुनेछ ।

४. घरजग्गाको पुरा दृश्य आउने गरि खिच्नु:

कतिपय बिक्रीकर्ताहरुले आफ्नो घर जग्गा वरिपरिका अनावश्यक कुरा देखिन्छ कि भन्ने डरमा धेरै नजिक बाट फोटो खिच्ने गर्दछन । तपाईंले तेस्ता अनावश्यक कुराहरु पछि “crop” गरि काट्न सक्नु होला तर यदि घरजग्गाको फोटो नै धेरै नजिक बाट खिच्नु भएको छ भने त्यसलाई पछी  चाक्लो बनाउन सक्नु हुदैन । यदि तपाईंको घरको उचाही नै भुइँ बाट खिच्दा पुरा औदैन भने छरछिमेकका घर गएर आफ्नो घरको फोटो खिच्नु होला ।

५. मोबाइल फ्ल्यास बिना फोटो खिच्नु:

बुँदा न. २ मा भने जस्तै प्राकृतिक उज्यालोको विकल्प कुनै पनि स्रोतबाट पाउन सकिदैन । मोबाइल फ्ल्यासले गर्दा घर जग्गाको रङ्गहरु परिवर्तन हुन साथै फोटो नै झन् अध्यारो हुन जान्छ ।

 

यी ५ वटा टिप्सको सहायता लिएर आफै फरक थाहा पाउनुहोस्  र उपयोग लागे पोस्ट शेयर गर्न नभुल्नु होला!

For more information :- https://epropertynepal.com/

 

No of views: 4485

Published on 31, March 2017 by Nishant Acharya