तपाईंले घर जग्गा अथवा व्यवसायको बिज्ञापन गर्दा गर्दै पनि किन्न खोज्ने ग्रथक हरुले रुचि नदेखाउन सक्छन । यसको कारण तपाईंको प्रोपर्टीको कमजोरी नभईकन बिज्ञापन गर्दा खुलस्त गर्नु पर्ने आकर्षक सुविधा अर्थात् बिभिन्न विवरण पेश नगरेर हुन सक्छ ।

5_Reasons_Homes_Dont_Sell

 

तलका बुँदाहरु लाइ बिशेष ध्यान पुराउनु होला:

  • घर भित्रका सजावट: यदि तपाईंले आफ्नो प्रोपर्टीलाइ आकर्षित बनाउन केहि बिशेष सजावट गर्नु भएको छ भने त्यसका बारेमा लेख्न नभुल्नु होला ।
  • घरको सुविधा : नेपालमा अझैसम्म निकै ठाउँ हरु छन् जहाँ साधारण सुविधा जस्तै खाने पानि, बिजुली, आदिको अभाव हुन्छ । तपाईंको प्रोपर्टीमा यस्ता सुविधाको समस्या छैन भने यस्ता कुराहरु खुलस्त गर्दा सजिलै प्रोपर्टी बिक्री गर्नका लागि सहायता पुराउने छ ।
  • लोकल व्यवसायको सुविधा: के तपाईंको प्रोपर्टी नजिकै कुनै प्रख्यात व्यवसाय, स्कुल, अस्पताल, आदि छन् भने विवरणमा खुलस्त गर्दा निकै आकर्षक देखिनेछ ।
  • प्रोपर्टी नजिकैका आकर्षण: के तपाईंको प्रोपर्टी नजिकै धार्मिकस्थल, मन्दिर, पार्क, आदि छन् भने सो-आकर्षणका विशेषता प्रस्तुत गर्नु होला ।
  • यातायात सुविधा: गाडीहरुको आवत जावत धेरै हुने ठाउँमा भ्रमण गर्न धेरै सजिलो हुन्छ । यदि तपाईंको प्रोपर्टी नजिकै कुनै चोक छ भने त्यसको बारेमा लेख्नु होला ।
  • वातावरण : कोही ग्राहक चहलपहल हुने ठाउँको माझैमा बस्न चाहन्छन भने कोही शान्त वातावरणमा खोज्दछन । यसका साथै तपाईंको प्रोपर्टी बाट कुनै बिशेष दृश्य देखिन पनि हुन्छ । तपाईंको प्रोपर्टीको वातावरणको विवरण पेश गर्न यस कारण आवश्यक छ ।
  • रोजगारीको अवसर: तपाईंको प्रोपर्टी नजिकै रोजगारी सजिलै सँग पाउन सकिने सुविधा छ भने खुलस्त गर्दा धेरै ग्राहक तानिन सक्छन ।
  • सुरक्षा: के तपाईंको प्रोपर्टी वरिपरी साइरन सिस्टमको सुविधा छ? अथवा तपाईंको प्रोपर्टीको ठेगाना व्यवस्थित र सुरक्षित ठाउँमा छ भने खुलस्त गर्न नभुल्नु होला ।
  • सम्पर्क नम्बरको समस्या: के तपाईंको सम्पर्क नम्बरमा केहि समस्या त छैन? धेरै परिस्थितिमा खरिदकर्ताको मोबाइल नम्बरमा सम्पर्क हुन नसकेर ग्राहकहरु खोज्दा खोज्दै पनि सम्पर्कमा आउन असमर्थ हुन्छन ।
  • सेलिब्रिटी: यदि तपाईंको प्रोपर्टी नजिकै कोही प्रख्यात सेलिब्रिटीको बसोबास छ भने पनि सो-सेलिब्रिटीका फ्यान आकर्षित हुन सक्छन ।

 

यदि यो आर्टिकल राम्रो लागेमा कृपया शेयर गर्न नभुल्नु होला !

No of views: 2782

Published on 17, March 2017 by Nishant Acharya