घरेलु उपायहरु नजान्दा भोग्नु पर्ने सानातिना कठिनाईहरुलाइ निर्मुल पार्ने उपायहरु: 

 

भित्तामा ड्रील गर्दा एउटा सानो कागजको टुक्रालाई भित्तामा टाँसी धुलो सम्हेल्नुहोस जसले गर्दा भुइँमा धुलो झरनबाट बचाउन सकिन्छ।

 

इलेक्ट्रोनिक सामानहरुको तार  (जस्तै मोबाइल, केबल, टिभीको तार आदि) लाई फोटोमा देखाए जस्तै सानो क्लिपमा अड्काएर राख्दा आकर्षक देखिनेका साथै सफा हुन्छ ।

 

भित्तामा किलाहरु ठोक्नु परेमा एउटा सानो क्लिपको प्रायोग गरि ठोकेमा हातको दुर्घटना हुन बाट बच्न सकिन्छ, साथै किल्लाहरु पनि सजिलै सँग ठोक्न सकिन्छ ।

 

घर छेउको बगईंचामा पानी हाल्न परेमा फोटोमा देखाए जस्तै एउटा ठुलो प्लास्टिकको बोत्तलमा साना-साना प्वाल पारी बोत्तलको मुखमा पाइप जडान गरी घरेलु उपायबाट पानी हाल्न सकिन्छ ।

 

बाथरुम, किचेनका धाराहरु फोहोर भएमा कागतीको सहायता सजिलै सफा गर्न सकिन्छ ।

 

बाथरुमा नुहाउन प्रयोग गरिने धाराहरु अग्लो हुने भएकोले भुइँबाट सजिलै भेट्न गाह्रो हुन्छ, त्यसैले एउटा प्लास्टिकमा भिनेगर हाली धारालाइ डुबाएर केहि घण्टा छोड्दिनुहोस आफै सफा हुनेछ  ।

 

घरमा कुनै पनि सिसाको टुक्राहरू फुटेर छरपस्ट भएमा एउटा पाउरोटीको सहायताले फोटोमा देखाए जस्तै हल्का थिचेर उठाउदा सजिलैसँग उठाउन सकिन्छ र सफा पनि हुन्छ । यसो गर्दा हात खुट्टा काटिनबाट पनि जोगिन्छ ।

To get more update about House in Nepal

No of views: 3471

Published on 27, February 2017 by Nishant Acharya