ePropertyNepal मा व्यवसायीक बिक्री सम्बन्धी विवरण

ग्राहकहरुको बढ्दो मागलाई मध्यनजर गर्दै ePropertyNepal ले व्यवसाय बिक्री सम्बन्धी  बिज्ञापन जस्तै: अफिस,रेस्टुरेन्ट,कफी सप, उद्योग, कलकारखाना, स्कुल, कलेज, सपिङ महल आदी बिक्री गर्न पनि सहयोग गर्ने निर्णय लिएको छ।

यस अन्तर्गत ePropertyNepal ले तपाईंको व्यवसायको बिक्री मूल्यका आधारमा बिभिन्न बिज्ञापनको रेट मुल्यांकन गरि हाम्रो वेबसाइट ६,८८,००० + लाइक भएको फेसबुक पेज दुवैमा निरन्तरताका साथ व्यवसाय बिक्री नहुन्जेलसम्म बिज्ञापन गरिरहनेछ। 

बिज्ञापन शुल्क निम्नानुसार रहेको छ:

क्र.स

व्यवसायको बिक्री मूल्य (रु.)

बिज्ञापन खर्च (रु.)

०-१०,००,०००

३,०००

१०,००,०००-५०,००,०००

५,०००

५०,००,००० भन्दा माथि

१२,०००

 

यसरी बिज्ञापन गर्दा माथिको टेबुलमा देखाए जस्तै व्यवसायको मूल्य अनुसार बिज्ञापन खर्च पनि फरक पर्ने हुन्छ तर बिज्ञापन अवधि र प्रक्रिया भने एउटै रहने छ ।

बिज्ञापन गर्दा खुलस्त गर्नु पर्ने साधारण कुराहरु:

  • पसलको स्पष्ट फोटो
  • पसलको मूल्य
  • पसलमा भएको स्टक सामानको मूल्य
  • मासिक बिक्री
  • दैनिक/मासिक ग्राहक
  • टेबुल र कुर्सीको शंख्या
  • मासिक भाडा
  • मासिक नाफा
  • कर्मचारी शंख्या
  • क्षत्रफल
  • भाडाको अवधि
  • कार्यकाल समय
  • जारी मिति
  • पार्किंग छ्यमता
  • अन्य थप केहि भएमा

 

बिज्ञापन गर्नका लागि शुल्क कसरी तिर्न सकिन्छ?

- यदि काठमाडौँ उपत्यका भित्र भएमा ePropertyNepal को स्टाफ आइ तपाईंको व्यवसायको फोटो खिची शुल्क संकलन गर्ने छन् तर उपत्यका बाहिर रहेको खण्डमा तपाईं आफैले व्यवसायको फोटो र विवरणहरु पठाउनु पर्नेछ र शुल्कको लागि तपाईं ले eSewa अथवा बैंक मार्फत जम्मा गर्न सक्नु हुनेछ । यदि तपाईं इच्छुक भएमा हामी eSewa र Bank Account No. पठाउने छौं । फोटोको कुनै पैसा लाग्ने छैन ।

 

बिज्ञापन गर्न कति समय लाग्छ र कति अवधिको हुनेछ?

- बिज्ञापन शुल्क तिरी व्यवसायको फोटो र पुरा विवरण पाउन साथ तपाईंको व्यवसायको बिज्ञापन हुनेछ । एक पल्ट शुल्क तिरेर बिज्ञापन गरिसके पछि व्यवसाय नाबिकुन्जेल सम्मका लागि निरन्तर बिज्ञापन भईरहनेछ र २० दिन सम्म नबिकेको खण्डमा  पुनः प्रकासित पनि गरिने छ (यसको कुनै थप शुल्क लाग्ने छैन) 

माथिको टेबलमा देखाए जस्तै हामीले फेसबुकमा sponsored advertisement गर्ने छौं । यस प्रकारको बिज्ञापन गर्दा हाम्रो पेजमा भएको लाइक भन्दा पनि अझ बढी मानिसहरुले देख्न सक्ने छन् ।

 

eProperty Nepal बाट बिज्ञापन गर्दा हुने एक मुख्य फाइदा :

- हाम्रो पेजमा भएका फलोवर्स भन्दा बढी ग्राहकहरु समक्ष बिज्ञापन पुराउनका लागि हामी आफैले फेसबुकलाइ शुल्क तिरी लाखौं-लाख ग्राहक माझ तपाईंको व्यवसायको बिज्ञापन पुराउने छौं । यस प्रकारको बिज्ञापन गर्दा "sponsored ad" भनेर देखिने गर्छ  । 

यदि तपाईं eProperty Nepal मार्फत व्यवसाय बिक्री गर्न चाहनु हुन्छ भने आजै फोन मार्फत सम्पर्क गर्नु होला : 9851204778 

To get more update about eProperty Nepal visit: www.epropertynepal.com

                                                              

No of views: 6662

Published on 06, March 2017 by Nishant Acharya